प्रकाशित: असार १० २०८१

ज्वालामुखीमा निःशुल्क शिक्षा लागु घोषणा



abc

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका अन्तर्गत विद्यालयहरुको आधारभूत तहमा अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको गाउँपालिकाले घोषणा गरेको छ । आइतबार एक कार्यक्रमकाबीच शिक्षा विकास निर्देशनालय हेटौडाका निर्देशक दिपेन्द्र सुवेदीले अनिवार्य तथा निशुल्क शिक्षा पालिका घोषणा गर्नुभएको हो ।

निर्देशक दिपेन्द्र सुवेदीले अनिवार्य र निःशल्क शिक्षा प्रदान गर्नु राज्यको दायित्व रहेको बताउँदै सबै बालबालिकाहरुलाई आधारभूत तहसम्म विद्यालय पठाउनु आम नागरिकको कर्तव्य रहेको जिकिर गर्नुभएको छ । निशुल्क शिक्षा भन्दा पनि आगामी दिनमा सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन चुनौति रहेको उहाँले बताउनु भयो ।

कार्यक्रममा ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा, निःशुल्क माध्यमिक शिक्षा हामी सबैको इच्छा भन्ने गाउँपालिको नारालाई आजबाट मूर्त रुप दिएको बताउनु भएको छ । विद्यालय बाहिर रहेका सम्पूर्ण बाल बालिकाहरुलाई विद्यालयमा भर्ना गर्न शिक्षक, विद्यार्थी अभिभावक, जनप्रतिनिधि तथा सबै सरोकारवालाहरुको साझा प्रतिबद्धता पुरा गर्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडाध्यक्षहरु कार्यपालिका सदस्यहरु गाउँसभा सदस्यहरु राजनितिक दलका प्रतिनिधिहरु, शिक्षक संघ सङगठनका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

abc
२०८१ असार १७ गते, ०३:०३

घरघरमा पुगी जेष्ठ नागरिकको स्वास्थ्य परिक्षणका साथै दैनिक उपभोग्य सामाग्री वितरण

abc
२०८१ असार १९ गते, ०९:१०

यो वर्ष झन्डै ६० हजारले आयुर्वेदिक सेवा लिए

abc
२०८१ असार १७ गते, :

डिभिजन वन कार्यालयका हरीत स्वयंसेवकहरूलाई खादामालासहित विदाई

abc
२०८१ असार १६ गते, :

पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल

abc
२०८१ असार १६ गते, :

प्रसूतिगृहको नयाँ भवनबाट थालियो यी तीन सेवा

abc
२०८१ असार १४ गते, :

कक्षा ११ मा छात्रवृत्तिका लागि काठमाडौँ महानगरले माग्यो आवेदन

abc
२०८१ असार १३ गते, १०:१०

एसईईको नतिजा सार्वजनिक, करिब ४८ प्रतिशत उत्तीर्ण

abc
२०८१ असार १२ गते, ०६:०७

जिल्ला स्तरीय वक्तृत्वकलामा एड्भान्सका संगम लम्साल प्रथम

abc
२०८१ असार १२ गते, १०:१०

धादिङमा श्रमजीवी पत्रकारको अवस्थाबारे छलफल