प्रकाशित: असार १२ २०८१

धादिङमा श्रमजीवी पत्रकारको अवस्थाबारे छलफल



abc

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था र ऐन संशोधनका विषयमा मंगलबार धादिङमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजना र नेपाल पत्रकार महासंघ धादिङ शाखाको समन्वयमा भएको कार्यक्रममा पत्रकारिता क्षेत्रका समस्या र समाधानका विषयमा छलफल गरिएको थियो ।

नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले पत्रकारहरु स्ट्रिन्जरको रूपमा काम गर्नुपरेको समस्या उठाउँदै मिडिया सञ्चालक र पत्रकारहरुबिच दोहोरो भूमिका नखेल्न आग्रह गर्दै सञ्चार क्षेत्रको आर्थिक संकट र चुनौतीलाई मिलेर सामना गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा पत्रकारहरुले विज्ञापन प्रतिको अनियमितता, बढ्दो मिडिया संख्याले क्षेत्रमा पारेको असर, बेतलबी र न्यून पारिश्रमिक लगायत पत्रकारिता सम्बन्धी विभिन्न समस्या उठाएका थिए ।
नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माको सभापतित्वमा भएको कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य टेनिश रोक्काको प्रमुख आतिथ्य तथा रामहरी कार्कीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा धादिङका विभिन्न संचार माध्यममका संचालक तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले मिडिया टिकाउन सरकारद्वारा आवश्यक पहल गर्नुपर्ने बताउनुभयो ।

abc
२०८१ असार १७ गते, ०३:०३

घरघरमा पुगी जेष्ठ नागरिकको स्वास्थ्य परिक्षणका साथै दैनिक उपभोग्य सामाग्री वितरण

abc
२०८१ असार १९ गते, ०९:१०

यो वर्ष झन्डै ६० हजारले आयुर्वेदिक सेवा लिए

abc
२०८१ असार १७ गते, :

डिभिजन वन कार्यालयका हरीत स्वयंसेवकहरूलाई खादामालासहित विदाई

abc
२०८१ असार १६ गते, :

पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल

abc
२०८१ असार १६ गते, :

प्रसूतिगृहको नयाँ भवनबाट थालियो यी तीन सेवा

abc
२०८१ असार १४ गते, :

कक्षा ११ मा छात्रवृत्तिका लागि काठमाडौँ महानगरले माग्यो आवेदन

abc
२०८१ असार १३ गते, १०:१०

एसईईको नतिजा सार्वजनिक, करिब ४८ प्रतिशत उत्तीर्ण

abc
२०८१ असार १२ गते, ०६:०७

जिल्ला स्तरीय वक्तृत्वकलामा एड्भान्सका संगम लम्साल प्रथम

abc
२०८१ असार १२ गते, १०:१०

धादिङमा श्रमजीवी पत्रकारको अवस्थाबारे छलफल