प्रकाशित: असार १६ २०८१

पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल



abc

पोखरा । पर्यटकीय राजधानी पोखरा केबल मानव समुदाय घुम्ने पर्यटकीय गन्तव्य मात्रै होइन यो त स्वदेश एवं विदेशका चरा पनि घुम्ने र विचरण गर्ने स्थल हो ।

तालैतालको सहरको उपमा पाएको पोखरामा नौ ताल रामसार सूचीमा समेत सूचीकृत भइसकेका छन् । यिनै तालतलैयाका कारण पोखरा चरा पर्यटनका लागि पनि आकर्षक गन्तव्य बनेको छ । पोखराका तालतलैयामा बर्सेनि झण्डै तीन सय प्रजातिका विदेशी चरा चीन, साइबेरिया लगायतका देशबाट आउने गरेको पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए।

प्रत्येक वर्षको हिउँद र वर्षात्का समयमा छुट्टाछुट्टै प्रजातिका चरा पोखराका तालतलैयामा देखिने गरेको उनले जानकारी दिए “विशेषगरी हिउँदको समयमा सिकारी प्रजातिका चरा पोखराका तालतलैयामा देख्न सकिन्छ, वर्षात्को समयमा कोइली प्रजातिका चरा देख्न सकिन्छ”, उनले भने, “साइवेरियालगायत टाढाटाढा विदेशी मुलुकबाट आएका चरा केही समय बिताएर फर्कने गरेका छन् ।”

पोखराका रामसार सूचीमा सूचीकृत तालमध्येको एक रुपाताल पनि हो । सुन्दा अचम्म लाग्न सक्छला तर, रुपातालले बर्सेनि झण्डै रु ५० लाख बराबरका माछा विदेशी चरालाई खुवाउँदै आएको छ । साविक लेखनाथ नगरपालिका–१०, ११ र १४ का केही भागले छोएको यस तालमा प्रत्येक वर्षको हिउँदमा आउने जलेवालगायत प्रजातिका चराले रु ५० लाखभन्दा बढीको माछा खाएर जाने गरेको रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्थाका अध्यक्ष शिवप्रसाद अधिकारीले बताए ।

abc
२०८१ असार १७ गते, ०३:०३

घरघरमा पुगी जेष्ठ नागरिकको स्वास्थ्य परिक्षणका साथै दैनिक उपभोग्य सामाग्री वितरण

abc
२०८१ असार १९ गते, ०९:१०

यो वर्ष झन्डै ६० हजारले आयुर्वेदिक सेवा लिए

abc
२०८१ असार १७ गते, :

डिभिजन वन कार्यालयका हरीत स्वयंसेवकहरूलाई खादामालासहित विदाई

abc
२०८१ असार १६ गते, :

पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल

abc
२०८१ असार १६ गते, :

प्रसूतिगृहको नयाँ भवनबाट थालियो यी तीन सेवा

abc
२०८१ असार १४ गते, :

कक्षा ११ मा छात्रवृत्तिका लागि काठमाडौँ महानगरले माग्यो आवेदन

abc
२०८१ असार १३ गते, १०:१०

एसईईको नतिजा सार्वजनिक, करिब ४८ प्रतिशत उत्तीर्ण

abc
२०८१ असार १२ गते, ०६:०७

जिल्ला स्तरीय वक्तृत्वकलामा एड्भान्सका संगम लम्साल प्रथम

abc
२०८१ असार १२ गते, १०:१०

धादिङमा श्रमजीवी पत्रकारको अवस्थाबारे छलफल