प्रकाशित: असार १७ २०८१

घरघरमा पुगी जेष्ठ नागरिकको स्वास्थ्य परिक्षणका साथै दैनिक उपभोग्य सामाग्री वितरण



abc

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ ले आफ्नो वडा भित्रका ८० वर्ष माथिका जेष्ठ नागरिक लक्षीत घरदैलो कार्यक्रम गरेको छ । 
तिन नंवर वडाले वडाभित्रका जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण, औषधि वितरण र खाद्य तथा दैनिक जीवनमा आवश्यक सामाग्री वितरण गर्दै घरदैलो कार्यक्रम गरेको हो ।
तिन नंवर वडाका वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरु चिकित्सकको टोलीसहित घरदैलोमै पुगेर स्वास्थ्य परिक्षण गरी औषधि र पोषण युक्त खानेकुरा कुखुराको अण्डा, चिनी, चियापति, मन्जन, ब्रस, सावुन, विस्कुट र डेङ्गुको संक्रमण बाट बचाउन भन्दै झुल सहित वितरण गरेको हो ।

    
जेष्ठ नागरीकको सम्मानार्थ यो कार्यक्रम गरीएको ३ नंवर वडाका वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो ।
जेष्ठ नागरीकको जिल्ला स्वास्थ्य कार्यालयको चिकित्सकको टोलीले स्वास्थ्य परिक्षण गरेका थिए भने औषधिहरु आयुर्वेद तथा वैकल्पिक चिकित्सालयबाट उपलब्ध गरिएको हो । वडा भित्र रहेका ८० वर्ष माथिका ६६ जना मध्ये ३७ जनाको घरदैलो सकिएको र केहिदिन भित्रमा नै सवैको घरमा पुगि स्वास्थ्य परिक्षण सहित सामाग्री हस्तातान्तरण गरीने वडा सदस्य सन्तोष थापाले जानकारी दिनुभयो ।
वडा अध्यक्षको नेत्रृत्वमा वडाका जनप्रतिनिधिले स्वास्थ्य कर्मि सहित आई स्वास्थ्य परिक्षण गर्दा जनप्रतिनिधि प्रति भरोशा थपिएको भन्दै जेष्ठ नागरीकले खुशि समेत व्यत्त गर्नु भएको छ ।

abc
२०८१ असार २२ गते, ०७:०९

नेल्टा धादिङ‌को पाँचौं साधारण सभा सम्पन्न

abc
२०८१ असार २१ गते, :

झिर्पु हाइड्रोपावरको ढलान भासियो, दुई जना बेपत्ता

abc
२०८१ असार १९ गते, ०३:०४

अपाङ्गता भएकाहरुलाई घरैमा पुगी दैनिक उपभोग्य सामाग्री वितरण

abc
२०८१ असार १७ गते, ०३:०३

घरघरमा पुगी जेष्ठ नागरिकको स्वास्थ्य परिक्षणका साथै दैनिक उपभोग्य सामाग्री वितरण

abc
२०८१ असार १९ गते, ०९:१०

यो वर्ष झन्डै ६० हजारले आयुर्वेदिक सेवा लिए

abc
२०८१ असार १७ गते, :

डिभिजन वन कार्यालयका हरीत स्वयंसेवकहरूलाई खादामालासहित विदाई

abc
२०८१ असार १६ गते, :

पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल

abc
२०८१ असार १६ गते, :

प्रसूतिगृहको नयाँ भवनबाट थालियो यी तीन सेवा

abc
२०८१ असार १४ गते, :

कक्षा ११ मा छात्रवृत्तिका लागि काठमाडौँ महानगरले माग्यो आवेदन