एनसेलले ल्यायो ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना

  • this is image भ्वाइस अफ धादिङ
  • सोमबार, असार १० २०८२

theme

काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना ल्याएको छ । यो योजनाअन्तर्गत आफूलाई मन पर्ने अन्तिमका ६ अंक रोजेर आफ्नो मोबाइल नम्बर आफैँ बनाउन सकिने एनसेलले जनाएको छ ।

“चाहे त्यो तपाईंको जन्मदिन होस्, आफ्नो सहयात्रीलाई पहिलोपटक भेटेको दिन होस्, तपाईंको सवारीसाधनको नम्बर होस् वा अन्य कुनै महत्त्वपूर्ण मिति वा नम्बर अब तपाईंले त्यसलाई सधैँको लागि आफ्नै मोबाइल नम्बरमा परिणत गरी सधैँ अन रहन सक्नुहुन्छ,” कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आफ्ना प्रियजनलाई पनि त्यस्ता विशेष नम्बर उपहार दिन सकिनेछ । उदाहरणका निम्ति, श्रीमान्‌ले अन्तिमको ६ अंक हहह९४० भएको नम्बर लिन सक्छन् भने श्रीमतीले मिल्दोजुल्दो हहह९४१ लिन सक्छिन् ।

यो योजनाको मोबाइल नम्बर ९७०५ रेन्जबाट सुरु हुन्छ । यो प्राप्त गर्न चाहने ग्राहकले अन्तिम ६ अंक रोजेर आफ्नो विशिष्ट मोबाइल नम्बर बनाउन सक्ने कम्पनीले जनाएको छ ।

“ग्राहकले सिधै एनसेल एप वा एनसेल वेबसाइटमा गएर ‘मेरो नम्बर, मेरै च्वाइस’ क्लिक गरी आफूले चाहेको मोबाइल नम्बरको पछिल्लो ६ अंक उपलब्ध भए/नभएको सजिलै हेरेर तत्काल अनलाइन बुकिङ गर्न सक्छन्,” विज्ञप्तिमा उल्लेख छ, “हाल प्रयोग गर्दै आएको मोबाइल नम्बरको पछिल्लो ६ अंक मिल्ने गरी नयाँ मोबाइल नम्बर लिन सकिने सुविधा यो योजनाको प्रमुख विशेषता हो ।” 

छुटाउनुभयो कि ?