टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १६ जनाको दरखास्त स्वीकृत

  • this is image भ्वाइस अफ धादिङ
  • असार ९ २०८१

theme

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशक (एमडी) पदका लागि १६ जनाको आवेदन स्वीकृत भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले १७ आवेदकमध्ये न्यूनतम योग्यता पूरा भएका १६ जना उमेदवारको दरखास्त स्वीकृत गरेको हो ।

टेलिकमले गत जेठ २२ गते १५ दिनभित्र टेलिकमको प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान गरेको थियो । दरखास्त दिनेमा टेलिकमकी निमित्त एमडी संगीता पहाडी (अर्याल)सहित धेरैजसो टेलिकमकै अन्य कर्मचारी छन् ।

मन्त्रालयको सूचनाअनुसार दरखास्त स्वीकृत हुनेमा राजेश जोशी, अनन्तप्रकाश मल्लिक, डा. विमल आचार्य, प्रेमप्रसाद सिलवाल, चिन्तामणि बराल, कृष्णप्रसाद भण्डारी, अनिलकुमार झा, डा.ई. शालिग्राम पराजुली र लक्ष्मण महर्जन छन् । यस्तै, नगेन्द्रकुमार दास, केदारनाथ कोइराला, कमल लामिछाने, रमेशप्रसाद जोशी, ई. शालिकराम सुवेदी र बुद्धीप्रसाद आचार्यको पनि दरखास्त स्वीकृत भएको छ ।

यसअघि टेलिकमको प्रबन्ध निर्देशक बनेका सुनिल पौडेलमाथि भ्रष्टाचार मुद्दा लागेपछि निलम्बित भएका थिए । उनलाई गत वैशाख २५ गते विशेष अदालतले नेशनल पेमेन्ट गेटवे खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा ९ वर्ष कैद हुने फैसला गरेको थियो । उनी त्यतिबेला राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यरत थिए । 

छुटाउनुभयो कि ?