टिकटक खुलाइदिन ८ महिनामा ७ वटा पत्र

  • this is image भ्वाइस अफ धादिङ
  • सोमबार, असार १० २०८१

theme

काठमाडौं । सरकारले गत कात्तिक २७ गते प्रतिबन्ध लगाएको टिकटक खुलाउने संकेत अझै गरेको छैन ।  यसबीच कम्पनीले भने प्रतिबन्ध हटाउन आग्रह गर्दै पटक–पटक सरकारलाई पत्राचार गरेको छ ।

पछिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहाललाई सम्बोधन गर्दै टिकटकको दक्षिण एसिया सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फिर्दोस मोत्ताकिनले पत्र पठाएका छन् । 

कम्पनीले गृहमन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पनि बोधार्थ पठाएको छ । प्रधानमन्त्रीका सूचना– प्रविधि (आईटी) विज्ञ प्रकाश रायमाझीले टिकटकमाथि लागेको प्रतिबन्ध खुलाउनेबारे कम्पनीसँग यसअघि छलफल भएको बताए । 

अहिले प्रतिबन्ध हटाउने तयारी भने नभएको उनको भनाइ छ । सञ्चार मन्त्रालयले पनि टिकटकमाथिको प्रतिबन्ध खुलाउनेबारे अहिले कुनै तयारी नरहेको जनाएको छ । सञ्चार मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्रकुमार ठाकुरले टिकटकले पछिल्लोपटक प्रधानमन्त्री कार्यालयलाई पत्र पठाएको र सञ्चार मन्त्रालयलाई पनि बोधार्थ गरेको बताए । 

टिकटकमाथिको प्रतिबन्ध खोल्ने÷नखोल्नेबारे सरकारले निर्णय गर्ने उनले बताए । सञ्चारमन्त्री रेखा शर्माको सचिवालयका अनुसार पनि टिकटकमाथिको प्रतिबन्ध हटाउनेबारे अहिले कुनै छलफल वा तयारी भएको छैन ।

छुटाउनुभयो कि ?