अमेरिकामा १० करोड मानिस चर्को गर्मीमा, डीसीमा ‘हिट इमर्जेन्सी’

  • this is image भ्वाइस अफ धादिङ
  • सोमबार, असार १० २०८१

theme

सिङटन । अमेरिकाका १० करोड मानिसलाई यो साताको अन्त्यमा ‘हिट अलर्ट’मा बस्न आग्रह गरिएको छ । अमेरिकी राजधानी वासिङटन डीसीमा ‘हिट इमर्जेन्सी’ भनिएको छ । त्यहाँको तापक्रम १०० फरेनहाइट पुगेको छ ।

इमर्जेन्सी यो हप्ताको अन्त्यदेखि अर्को साता पनि लागु हुने डीसीका मेयर मुरियल बाउजरले जनाएका छन् । सन् २०१२ यता पहिलोपटक डीसीमा यति धेरै तापक्रम बढेको पाइएको छ ।

दक्षिणी र मध्य क्यालिफोर्निया साथै कोलुसा काउन्टीमा १९ हजार १०० एकड क्षेत्रफलमा आगो फैलिन नदिन फायर फाइटर्सले काम गरिरहेका छन् । त्यहाँ तापक्रम १०० देखि १०६ फरेनहाइटसम्म पुग्ने र त्यसले फायर फाइटर्सको काममा अवरोध गर्न सक्ने बताइएको छ ।

अर्कोतर्फ बाढी
अयोवाका गभर्नर किम रिनोल्डसले शनिबार एक घोषणा गर्दै उत्तर पश्चिमका २१ काउन्टीमा विनाशकारी बाढी आउन सक्ने जनाएका छन् । त्यसक्रममा १० इन्चसम्म पानीको सतह बढ्ने जनाइएको छ ।

छुटाउनुभयो कि ?