प्रवासी नेपाली मञ्च अष्ट्रियाको अध्यक्षमा बाबा राजेश्वरी थापा चयन

  • this is image भ्वाइस अफ धादिङ
  • सोमबार, असार १० २०८१

theme

भियना । नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च अष्ट्रियाको ७औं अधिवेशनले अध्यक्षमा बाबा राजेश्वरी थापालाई चयन गरेको छ । थापा यसअघि सचिव र पर्यटन बोर्डको लागी मानार्थ पर्यटन जनप्रतिनिधि समेत थिइन ।

अधिवेशनले उपाध्यक्षमा दिनेश बैदवार क्षेत्री, सचिवमा कृष्ण कुमार श्रेष्ठ तथा सदस्यहरूमा कृष्ण दत्त भट्ट (केडी) आर्थिक विभाग प्रमुख अनिता श्रेष्ठ, भावना प्रसाईँ तथा एलिजा श्रेष्ठ सहितको नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

अधिवेशनमा प्रमुख अतिथिको रूपमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले अस्ट्रिया राष्ट्रिय कमिटी सानो र थोरै सदस्य भएता पनि यसले विगत केही वर्षमा उल्लेख्य काम गरेकोमा खुसी समेत व्यक्त गरे ।

कार्यक्रमको व्यवस्थापन तथा समग्र कामहरू नमूना योग्य रहेकोमा प्रवासी मञ्च अन्तर्राष्ट्रिय कमिटीको तर्फबाट धन्यवाद समेत ज्ञापन गरे ।

छुटाउनुभयो कि ?