भारतका पूर्वप्रधानमन्त्रीका अर्का नाति यौनकाण्डमा पक्राउ

  • this is image भ्वाइस अफ धादिङ
  • सोमबार, असार १० २०८१

theme

नयाँ दिल्ली । भारतको जनता दल सेक्युलर (जेडीएस)का पूर्वसांसद प्रज्वल रेवन्नाका दाजु सुरजलाई प्रहरीले पक्राउ गरेको छ । पार्टीका कार्यकर्ताका साथ अप्राकृतिक सम्बन्ध बनाएको र धम्की दिने गरेको आरोपमा प्रहरीले सुरजलाई पक्राउ गरेको हो ।

उजुरी दिने चेतन केएस पार्टीकै कार्यकर्ता रहेका बताइएको छ । उनले जुन २१ मा सबैभन्दा पहिला आफ्नो उजुरी डीजीपी कार्यालयमा दर्ता गराएका थिए । जुन २२ मा उनले हासन प्रहरीसमक्ष इमेलमार्फत उजुरी दिएका थिए ।

उजुरी होलेनारसीपुरास्थित गनीकन्द फार्ममा पठाइएको थियो । उक्त स्थानमा त्यस्तो अपराध भएको जनाइएको छ ।

सुरजले आरोप अस्वीकार गरेका छन् । उनले त्यसलाई राजनीतिक षड्यन्त्र भनेका छन् । आफूसँग पाँच करोड मागिएको र नदिएपछि उजुरी हालिएको उनको भनाइ छ ।

छुटाउनुभयो कि ?