ढोला स्वास्थ्य चौंकीमा ८४ जनाको मोतिया विन्दुको शल्यक्रिया

  • this is image भ्वाइस अफ धादिङ
  • शुक्रबार, मङ्सिर १६, २०७९

theme

धादिङको ज्वालामुखी ४ स्थित ढोलामा भएको निशुल्क मोतिया विन्दुको शल्यक्रिया सहितको आँखा शिविरमा ८४ जनाको मोतिया विन्दुको शल्यक्रिया गरिएको छ । ज्वालामुखी गाउँपालिका भित्र रहेको ८ वटा स्वास्थ्य संस्थाहरुमा १२ सय ७८ जनाले आँखा परिक्षण गराएका मध्ये ८४ जनाको मोतिया विन्दुको शल्यक्रिया गरिएको ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले जानकारी दिनुभयो ।

ज्वालामूखी गाउँपालिकाको आयोजना नेपाल नेत्रहीन संघ, पुर्नस्थापना कार्यक्रम गोरखा र कीर्तिपूर आँखा अस्पतालको सहयोगमा मंसिर १२ गतेदेखि सुरु भएको शिविर विहीबार सम्पन्न भएको हो ।

 

छुटाउनुभयो कि ?