ज्वालामुखीका विद्यालय सुधारका लागि चार दिने कार्यशाला सम्पन्न

  • this is image भ्वाइस अफ धादिङ
  • मङ्गलबार, मङ्सिर २७, २०७९

theme

ज्वालामुखी गाउँपालिका विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका अध्यक्षहरुको लागि विद्यालय सुधार योजना निर्माण तथा विद्यालय व्यवस्थापन सम्वन्धी चार दिने कार्यशाला सम्पन्न भएको छ ।


मंसिर २३ देखि २६ गतेसम्म सञ्चालन भएको गोष्ठिमा धनन्जयशर्मा अधिकारी, चुडामणि सुवेदी, रमेश सुवेदी, सुमन पण्डित, देवकी सि‌खडा लगायतले सहजीकरण गर्नुभएको थियो । गोष्ठि विद्यालय सुधार योजना निर्माणमा सरोकार पक्षको भूमिका, विद्यालयको समग्र व्यवस्थापनमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा छलफल भएको ज्वालामुखी गाउँपालिका युवा, खेलकुद तथा शिक्षा शाखा प्रमुख देवकी सिँखडाले जानकारी दिनुभएको छ । 


कार्यक्रममा ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले ज्वालामुखी गाउँपालिकाका विद्यालयको भौतिक तथा शैक्षिक विकासमा राज्यबाट हुने लगानीका लागि आफू जस्तोसुकै कसरत गर्न तयार रहेको बताउँदै आएको बजेटको सही सदुपयोग र गुणस्तरीय शिक्षाका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षक कर्मचारीहरु इमान्दर भएर लाग्नु पर्ने बताउनु भयो । दनैले युग सुहाउँदो शिक्षा दिनुपर्ने आजको आवश्यकतालाई हामीले भुल्न नहुने बताउँदै आफ्नो दायित्वलाई सबै पक्षले बुझ्नु जरुरी रहेको बताउनु भयो । 
चार दिने कार्यशालाको सहजीकरणका लागि जुपिटर नेपालले सहजीकरण गरेको थियो । 
 

छुटाउनुभयो कि ?