पाँच वर्षमा ज्वालामुखीका एक घरमा एक धारा

  • this is image भ्वाइस अफ धादिङ
  • बुधबार, मङ्सिर २८, २०७९

theme

आफ्नो पाँच बर्षे कार्यकालमा ज्वालामुखी गाउँपालिका भित्र एक घर,एक धारो पुर्‍याईने गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले बताउनु भएको छ । शुद्ध खानेपानी खान पाउने नागरिकहरुको अधिकारलाई सम्बोधन गर्नको लागि गाउँपालिका तयार रहेको भन्दै पालिका भित्रका सबै नागरिकहरुको घरघरमा धारो पु¥याईने लक्ष्य रहेको बताउनु भएको हो।

ज्वालामुखि गाउपालिका वडा नम्बर ३ ठकुरीगाउँमा निमार्ण सम्पन्न भएको लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै दनैले सो कुरा बताउनु भएको हो।ज्वालामुखी गाउँपालिका,शान्ति नेपाल र फादर अल्फारोको संयुक्त लगानीमा सम्पन्न भएको खानेपानी आयोजनाको बुधबार एक कार्यक्रमका बिच उद्घाटन गरी समुदायलाई हस्तान्तरण गरीएको हो।खानेपानी आयोजना सम्पन्न गर्नको लागि सहयोग गर्ने संस्थालाई धन्यवाद दिनुहुदै दनैले उपभोक्ता समितिले गरेको काम प्रति आफु खुसि भएको समेत बताउनुभयो ।पालिका भित्रका अन्य खानेपानी आयोजनाहरु पनि यस्तै समिति निर्माँण गरी समयमै सम्पन्न गर्ने लक्ष्य रहेको भन्दै उहाँले पालिका भित्रको सबै घरधुरीमा धारो पुर्याउने आफ्नो लक्ष्य भएको बताउनुभयो ।

८७ लाख ८८ हजार ७ सय ७ लागतमा सम्पन्न भएको खानेपानी आयोजनाको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष याम नाथ दनै र शान्ति नेपालका कार्यकारी निर्देशक फुल राज शर्माले रिबन काटेर उद्घाटन गर्नुभएको हो ।खानेपानी आयोजनाबाट २४ घरधुरीका १ सय १० जना भन्दा बढी नागरिकहरु लाभान्वित भएका छन्। कार्यक्रममा खानेपानी संकलनको लागि ट्याङ्की निमार्ण गर्ने जग्गादान गर्ने खुमराज सेढाई र गिर बहादुर मल्ललाई खादा र प्रमाण पत्रबाट सम्मान गरीएको छ ।

यसैगरी कार्यक्रमको अवसरमा खानेपानी आयोजना सम्पन्न गर्नको लागि नगद ५० हजार आर्थिक सहयोग गर्ने जनयुद्धका सहिद हरि भट्टको सम्झना नीजका बुबा अक्षता नन्द भट्टलाई पनि प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरीएको थियो ।ठकुरीगाउँ खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष शिव प्रसाद भट्टको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा ज्वालामुखी गाउँपालिकाका अध्यक्ष याम नाथ दनैको प्रमुख आतिथ्यता रहेको थियो ।

गाउँपालिका उपाध्यक्ष धर्म बहादुर अर्यालको विशेष आतिथ्य रहेको कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष उमेश श्रेष्ठ,शान्ति नेपालका कार्यकारी निर्देशक फुलराज शर्मा,स्वास्थ्य संयोजक सुजन श्रेष्ठ लगायत उपभोक्ता समितिका पदाधिकारी,उपभोक्ता तथा सन्चारकर्मीहरुको सहभागिता रहेको थियो ।यसैगरी घरघरमा पानीको धारो आएपछि नागरिकहरु खुसि भएका छन् ।

छुटाउनुभयो कि ?