‘ब्याड लोन’ उठाउने कम्पनी खोल्न ऐन बनाउँदै राष्ट्र बैंक

  • this is image भ्वाइस अफ धादिङ

theme

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘ब्याड लोन’ उठाउने छुट्टै कम्पनी सञ्चालनमा ल्याउन ऐन बनाउने तयारीमा जुटेको छ ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले खराब कर्जा उठाउन नयाँ कम्पनी आवश्यक पर्ने भएकाले त्यसका लागि ऐनको ड्राफ्ट भइरहेको बताए ।

आइतबार नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले ब्याड लोन उठाउन कम्पनी आवश्यक महसुस भएको बताएका हुन् ।

कम्पनी ऐनले स्थापना भएको कम्पनीले यो काम गर्न सहज नहुने भन्दै यसका लागि विशेष किसिमको ऐनको आवश्यकता महसुस गरिएको उनले बताए । तर, यसको मोडालिटी कस्तो हुने भन्ने विषयमा थप छलफल गर्ने गभर्नर अधिकारीले बताए । 
 

छुटाउनुभयो कि ?