फुलक्रुगको गोलमा हारबाट जोगियो जर्मनी

  • this is image भ्वाइस अफ धादिङ
  • आईतबार, असार ९ २०८१

theme

काठमाडौं । इन्जुरी समयमा निक्लास फुलक्रुगले बराबरी गोल फर्काएपछि युरो–२०२४ मा जर्मनीले स्वीट्जरल्यान्डसँग एक–एकको बराबरी खेल्दै अंक बाँडेको छ । 

आइतबार राति भएको खेलमा स्वीट्जरल्यान्डका डान एन्डोयले गोल गर्दै घरेलु समर्थकमाझ पाहुना टिमलाई अग्रतामा राखेका थिए । एन्डोयले २८औँ मिनेटमा गोल गरेका थिए । तर, इन्जुरी समयको दोस्रो मिनेटमा फुलक्रुगले हेडर गोल गरेपछि जर्मनीले हार टारेको हो । 

प्रतियोगिताको समूह ‘ए’ मा रहेका दुवै टिमले अन्तिम–१६ को यात्रा तय गरिसकेका छन् । जर्मनीविरुद्ध जित निकाल्दा स्वीट्जरल्यान्ड समूह विजेता बन्ने भए पनि फुलक्रुगले स्वीस टिमको त्यो सम्भावनालाई खारेज गरे । 

अंक तालिकाको शीर्ष स्थानमा रहेको जर्मनीले तीन खेलबाट सात अंक जोडेको छ । समान खेलबाट पाँच अंकसहित स्वीट्जरल्यान्डले नकआउट चरणको यात्रा निश्चित गरेको हो । 

छुटाउनुभयो कि ?