पानामालाई हराउँदै उरुग्वेको विजयी सुरुवात

  • this is image भ्वाइस अफ धादिङ
  • सोमबार, असार १० २०८१

theme

काठमाडौँ । स्टार खेलाडी लुइस सुवारेजबिनै मैदान उत्रिएको उरुग्वेले कोपा अमेरिकामा विजयी सुरुआत गरेको छ । सोमबार भएको खेलमा उरुग्वेले पानामालाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

उरुग्वेको जितमा म्याक्सिमिलानो जाभियर आरुगो, डार्विन ग्याब्रिएल नुनेज र मेटिस निकोलस भिनाले एक एक गोल गर्दा पानामाका मिचेल अमिर मुरिलोले एक गोल फर्काए । 

फ्लोरिडामा भएको खेलमा उरुग्वेले १६ औँ मिनेटमा अग्रता लिएको थियो । मेटिसको पासमा म्याक्सिमिलानोले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोल भएको खेलमा दुवै तर्फबाट बाँकी ३ गोल दोस्रो हाफमा निस्किएका थिए ।

८५ औँ मिनेटमा नुनेजले गोल गर्दै उरुग्वेको अग्रता दोब्बर बनाए । दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा मेटिस निकोलसले डिइगो निकोलसको पासमा गोल गरेपछि उरुग्वे ३–० को सहज अवस्थामा पुगेको थियो ।

तर, अतिरिक्त चौथो मिनेटमा पानामाका फेड्री गोनडोलाको पासमा मुरिलोले गोल गर्दै अन्तर ३–१ मा झारे पनि हार टार्न पर्याप्त भएन ।

जितसँगै कोपा अमेरिकाको समूह सीमा उरुग्वेले ३ अङ्क जोड्दै आफूलाई शीर्ष स्थानमा राखेको छ । यही समूहका अमेरिकाले पनि सोमबार जित निकाल्दै तीन अङ्क जोडेको थियो । अमेरिका दोस्रो स्थानमा रहँदा पानामा र बोलिभिया अङ्कविहीन हुँदै तालिकाको तेस्रो र चौथो स्थानमा छन् ।  

छुटाउनुभयो कि ?