६ बलमा ५ विकेट गुमाएपछि १ सय १५ रनमा सीमित बन्यो अमेरिका

  • this is image भ्वाइस अफ धादिङ
  • आईतबार, असार ९ २०८१

theme

ब्रिजटाउन । क्रिस जोर्डनको घातक बलिङपछि अमेरिका इंग्ल्यान्डसामु मात्र १ सय १५ रनमा सीमित बनेको छ । सुपर ८ को समूह २ अन्तर्गतनको खेलमा अमेरिका नाटकीय पतनको समाना गर्दै १८.५ ओभरमा अलआउट हुन पुग्यो ।

टोलीका लागि नितिश कुमारले सर्वाधिक ३० रन जोडे । उनले २४ बलमा १ चौका र २ छक्का प्रहार गरे । कोरी एन्डरसनले २८ बलमा २९ रनको योगदान दिए ।

त्यस्तै, हरमित सिंहले १७ बलमा २१ रन जोडे भने स्टिभन टेलरले १२ तथा कप्तान एरोन जोन्सले १० रन बनाए ।

यता, जोर्डनले घातक बलिङ गर्दै ४ विकेट लिए । उनले २.५ ओभरमा १० रन मात्र खर्चिए । ५ विकेटको क्षतिमा ११५ रन बनाएको अमेरिकाले ६ बलको अन्तरमा बाँकी ५ विकेट कुनै पनि रन नजोडी गुमाउन पुग्यो ।

साम करन र आदिल रसिदले पनि २–२ विकेट हात पारे भने रिस टोप्ले र लियाम लिभिङ स्टोनले १–१ विकेट लिए ।

छुटाउनुभयो कि ?