अभिकले जिते एसईई कप चेसको उपाधि

  • this is image भ्वाइस अफ धादिङ
  • आईतबार, असार ९ २०८१

theme

काठमाडौं । हिमालयन चेस एकेडेमीले आयोजना गरेको गोल्डेनगेट एसईई कप–२०२४ र्‍यापिड चेस प्रतियोगिताको उपाधि अभिक शाहले जितेका छन् ।

उनले स्विस प्रणालीको आधारमा सात राउन्डमा सञ्चालित प्रतियोगितामा अपराजित रहँदै ६.५ अंक बनाएर आइतबार उपाधि जितेका हुन् ।

शीर्ष वरीयताका खेलाडी पुरुषोत्तम सिलवालले पनि अपराजित रहँदै ६.५ अंक बनाए । तर, टाइब्रेकरको आधारमा पुरुषोत्तमलाई पछाडि पार्दै जेम्स स्कुलका अधिकले उपाधि कब्जा गरेका हुन् ।

अभिक र पुरुषोत्तबीच पाँचौँ चरणमा भएको प्रतिस्पर्धा बराबरीमा टुंगिएको थियो । त्यसबाहेक दुवै खेलाडीले बाँकी ६ खेलमा जित हात पारेका थिए ।

विभूषित कायस्थ ५ अंक जोड्दै तेस्रो स्थानमा रहे । रोहित श्रेष्ठ, रोहन खतिवडा र रायन श्रेष्ठले समान ५ अंक बनाएका थिए । तर, टाइब्रेकरको आधारमा विभूषित सबभन्दा अगाडि रहँदै तेस्रो भएका हुन् ।

छुटाउनुभयो कि ?