डिभिजन वन कार्यालय धादिङको सहयोगमा धादिङबेसी स्थित शहीद लखन थापा पार्कमा दुईवटा सालकको मूर्ति स्थापना गरिएको छ ।
दुर्लभ जनावरको संरक्षण गर्नुपर्ने सन्देश दिने उद्देश्यले सालकको मूर्ति स्थापना गरिएको डिभिजन वन कार्यलय धादिङका डिभिजन वन अधिकृत विष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो ।
नेपालमा धेरै सालक पाइने जिल्ला धादिङ भएकाले यसको संरक्षण र प्रवर्धन गर्न अझ आवश्यक रहेको उहाँको भनाइ छ । शालकको संरक्षणका लागि विभिन्न कार्यक्रमहरु गर्दै आई रहेका आचार्यले धादिङ जिल्लामा सालकको प्रवर्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।