एड्भान्सको ‘पोएट आइडल’ सम्पन्न

शुक्रबार, श्रावण ३२, २०८१

theme

एड्भान्स एकेडेमीले आयोजना गरेको विद्यालय स्तरीय ‘पोएट आइडल’को आज एक कार्यक्रम का बीच आइडल घोषणा गर्दै समापन गरेको छ । ‘पोएट आइडल’ पाँच समूह बनाएर गरिएको थियो ।

विद्यार्थीको व्यक्तित्व विकास, सिर्जनशिल विकास, व्यक्तिको क्षमता अभिवृद्धि र प्रतिभा प्रस्फुटन सहयोग गर्ने उद्देश्यले हरेक शुक्रबार विविध कार्यक्रम गर्दै आएको र त्यसै अनुरुप ‘पोएट आइडल’ कार्यक्रम गरिएको विद्यालयका प्रिन्सिपल भिमबहादुर श्रेष्ठले बताउनुभयो । 

कक्षा १ देखि कक्षा १० सम्मको विभिन्न तहमा भएको ‘Poet Idol Competition-2081’  को फाईनल राउण्डमा २५ जना सहभागी भएका थिए । आज भएको फाईनलमा नीलकण्ठ बुहुमुखी क्याम्पसका उपप्राध्यापक एवं सिर्जना प्रतिष्ठान धादिङका अध्यक्ष प्रकाश पौडेलले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

यी हुन् पाँच समूहका ५ आइडल
रिवाज मल्ल ठकुरी, कक्षा –१
इभा अधिकारी, कक्षा २ र ३
समिर मगर, कक्षा ४ र ५
काव्या अर्याल, कक्षा ६ र ७
जेनिशा घले, कक्षा ८ , ९ र १०


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :